घरमा आगलागी हुँदा चार जनाको मुत्यु
काठमाडौं:बर्दियामा आगलागी हुँदा एकै घरमा रहेका चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका– ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।
गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ । इटामाटोले बनेको र टायलले छाएको घरको एउटा कोठा आगलागी हुँदा जलेर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । उसले घटनाको अनुन्धान गरिरहेको समेत बताएको छ ।
Share on Twitter