एनएमए नेशनल हेल्थ सम्मिटको मुख्य सन्देश : स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती
काठमाडौं : नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेशनल हेल्थ सम्मिट) मंसिर १० गते आइतबाट सुरु हुने भएको छ ।
यसअघि असोज १२ र १३ गतेकालागि तय भएको सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो । १० र ११ गते दुई दिन हुन लागिरहेको उक्त सम्मेलनमा विभिन्न ७ विषयमा छलफल हुने नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
‘थर्ड एनएमए नेशनल हेल्थ समिट २०२३’ नाम दिइएको दुईदिने सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य सन्देशका साथ सम्पन्न हुने संघका मआसचिव डा सन्जिब तिवारीले जानकारी दिए।
सम्मेलनमा दोस्रो राष्ट्रिय स्वास्थ्य तथा शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थााको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण,स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थतन्त्र,प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली जस्ता ७ विषयमा विज्ञ तथा सरोकारवालाहरुसँग छलफल हुने संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले जानकारी दिए ।
सम्मेलनमा उठेका बिषय र सुझावलाई देशभर सम्प्रेषण गरिने जनाइएको छ ।
Share on Twitter