श्री एअरलाइन्सको विमान काठमाण्डौं विमान स्थलमा आकस्मिक अवतरण
काठमाण्डौं : श्री एअरलाइन्सको विमान काठमाण्डौं विमान स्थलमा आकस्मिक अवतरण भएको छ । धनगढीबाट पौने ४ बजे उडेको श्री एअरलाइन्सको विमान भर्खरै आकस्मिक अवतरण भएको हो ।
काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको कल साइन २२५ एएनएफको विमान भर्खरै अवतरण भएको हो ।
विमानमा चार जना चालक दलका सदस्य सहित ७४ जना यात्रु रहेका थिए । विमानमा एकाएक प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं विमानस्थल टावरसँग आपतकालीन अवतरणको अनुमति मागेको बताइएको छ । ।
विमानस्थलमा दमकल, एम्बुलेन्स लगायत आपतकालीन सुरक्षाका प्रबन्ध गरेपछि विमान साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
Share on Twitter