भूकम्प पीडितको स्वास्थ्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण
काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) ले संयुक्त रुपमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
एफडब्लूएलडी सचिवालयको तर्फबाट अधिवक्ता नवीनकुमार श्रेष्ठ र आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले विज्ञप्ति निकालेर गृह मन्त्रालयलगायत सम्बन्धित सरकारी निकायहरुको ध्यानाकर्षण गराएको बताएका छन् ।
विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरुले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न माग गरिएको छ ।
आयोगले दिएको जानकारी अनुसार भूकम्पबाट प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्ष मुनिका १० हजार ५६० बालबालिका प्रभावित छन् ।
Share on Twitter