अकुपञ्चर उपचार पद्धतिबाट तीन सय रोगको निदान गर्न सकिने
काठमाडौं:आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वाशुदेव उपाध्यायले प्रमाणीत भएका विधिबाट मात्र उपचार गर्नुपर्ने बताएका छन् ।
विश्व अकुपञ्चर दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले गरेको कार्यक्रममा डा.उपाध्यायले प्रमाणीत उपचार विधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । सहि विधि प्रयोग भएमा मात्र नागरिकमा वैकल्पिक चिकित्साप्रति विश्वास बढ्ने बताए ।
साथै उनले अकुपञ्चर लगायत वैकल्पिक चिकित्साका विधामा वैज्ञानिक अनुसन्धान बढाउनु पर्ने समेत बताए ।उनले सबै विधासंग समन्वय गरेर अघिबढ्ने समय आएकोमा जोड दिए ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वैकल्पिक चिकित्सा महाशाखाका प्रमुख डा मुनाकर्ण थापाले अकुपञ्चर लगायत वैकल्पिक उपचारमा सरकारले लगानी बढाउनुपर्ने बताए । आयुर्वेद क्याम्पसका प्रमुख डा शिव मंगल प्रसादले दिवसको अवसरमा शुभकामना दिदै आयुर्वेद तता वैकल्पिक चिकित्साका सबै विधामा मिलेर काम गर्नुपर्ने बताए। नेपाल चाइनिज मेडिसिनका अध्यक्ष डा. झुलाराम अधिकारीले अकुपञ्चर पद्धति धेरै रोगमा प्रयोग गर्न सकिने बताए । उनले अकुपञ्चरबारे ज्ञान नभएकाले पनि यो पद्धति प्रयोग गर्दा यसप्रवास गुम्ने खतरा रहेको बताए ।
अकुपञ्चर पढेकाले मात्र यो विधिको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा प्रकाश ज्ञवालीले सरकारले अकुपञ्चर विधामा दरबन्दी सिर्जना गर्नुपर्ने बताए । उनले नीतिगत रुममै अकुपञ्चरलाई स्थापित गर्नुपर्ने बताए । वैकल्पिक चिकित्सा महाशाखा अन्तर्गत होमियोप्याथी, सोवा रिग्पा, अकुपञ्चर, प्राकृतिक चिकित्सा रहेका छन् भने युनानी उपचार पनि नेपालमा अभ्यासमा रहेको अकुपंचर तथा प्राकृतिक चिकित्सा शाखाका प्रमुख डा पुन्यश्वर केशरीले जानकारी दिए। अन्नपुर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टर न्युरो सर्जन डा सुदन ढकालले सहयात्रीको रुपमा यो विभाग रहेको र एक वर्षमा १३ हजार जनाले सेवा लिएको यो उपचार एक अर्काको परिपुरक भएको बताए।
मोर्डेन मेडिसिनमा रिसर्च र लगानीले यसको दायरा फराकिले वनेकाले यस क्षेत्रमा लगानी बढाउने र अनुसन्धानमा लाग्न आग्रह गरे। अकुपंचर, मोक्शिवेसन तथा अकुपप्रेसर एसोसियसन (ओमान)का अध्यक्ष डा विकास श्रेष्ठले यो जनताले मन पराएको उपचार विधि भएको बताए।
सरकारले अहिले सम्म अक्कुपञ्चर पद्धतिलाई कुनै सहयोग नगरेको गुनासो गरे । निजी क्षेत्रको पहलमा मात्र यो सेवा सञ्चालन भइरहेको उनको भनाइ छ । बागमती प्रदेश सरकारले १३ वटा प्रदेश अस्पतालमा दरवन्दी सहित काम शुरु गरेकोमा उनले धन्यवाद समेत दिए ।
नेपालमा अकुपञ्चरकाे इतिहास
अकुपञ्चर दुई वटा ल्याटिन शब्दहरू मिलेर बनेको छ ‘अकु’ अर्थात् ‘तिखो’ र ‘पंचर’ अर्थात् ‘घोचाइ’ । यस अर्थमा तिखो घोचाई नै अकुपञ्चरको सामान्य अर्थ हो । मानव सभ्यताको विकास संगसंगै दुई युगदेखि ने परम्परागत चिनियाँ अको रूपमा प्रचलित यो चिकित्सा पद्धति समयको परिवर्तनसंगै विभिन्न चरणमा अध्ययन, अनुसन्धानमार्फत वैज्ञानिकीकरण भएर हाल विभिन्न रोगहरूमा भरपर्दो उपचार पद्धतिको रूपमा विकास भएको छ ।
नेपालमा अकुपञ्चरको प्रवेश २०२८ सालमा भएको पाइन्छ। कोदारी राजमार्ग अन्तर्गत पुल निर्माण गर्दा आएका चिनियाहरुसगै नेपालमा अकुपञ्चरको प्रवेश भएको हो । सुरुमा चिनियाबाट मात्र सेवा दिईएको अकुपञ्चर विधिलाई केही समयपछि आधुनिक चिकित्सकहरुले पनि अगालेर सेवा दिइएको पाइन्छ ।
नेपालमा पहिलो पटक आधिकारिक रुपमा अकुपञ्चर शुरु गर्नमा डा। राममान श्रेष्ठ, डा। भरत प्रधानको नाम आउँछ । वि.सं २०३४ सालमा वीर अस्पतालमा अकुपञ्चर युनिट स्थापना गरियो र यसबाट नै पहिलोपटक सरकारी स्तरमा अकुपञ्चर सेवा दिन थालियो । नेपाल प्रहरी अस्पतालमा पनि केही समय अकुपञ्चर सेवा संचालनमा आएतापनि हाल यो सेवा बन्द भएको छ ।
त्यसैगरी वि.सं.२०४१ सालना केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीमा पनि अकुपञ्चर युनिट स्थापना गरियो र अकुपञ्चर सेवा दिन थालियो । अब सातवटै प्रदेश मा स्थापना हुने १०० शैयाको आयुर्वेद तथा वैकल्पिक चिकित्साका अस्पतालहरुमा यस सेवा से निरन्तरता पाउनेछ । अकुपंचर चिकित्सा अत्यन्त सस्तो चिकित्सा पद्धति हो ।
यसमा उपयोग हुने सामग्रीहरु सस्तो हुने हुँदा र यसमा प्रयोग गरिने सामग्री थोरैमात्र भएको हुँदा सेवा पुयाउन पनि सहज हुने हुँदा नेपालको परिप्रेक्ष्यमा यो उपचार विधि अत्यन्त फाइदाजनक हुन्छ । अकुपञ्चर चिकित्सा धेरै रोगमा प्रयोग गर्न सकिने चिकित्सा पद्धति हो । विश्व स्वास्थ्य संगठनका अनुसार, ३०० रोगहरु वा अवस्थाहरुमा यसको प्रयोग गर्न सकिन्छ । साथै धेरै रोगहरुमा राम्रो परिणाम दिन सक्ने भएकोले यो चिकित्सालाई प्रभावकारी मानिन्छ ।
आयुर्वेद विभागलाई वि।सं। २०७४ सालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रुपमा रूपान्तर गरि आयुर्वेद सहित अन्य वैकल्पिक चिकित्सा का विद्याहरु अकुपञ्चर, होमियोप्याविक, प्राकृतिक चिकित्सा तथा सोवा रिग्या प्रवर्द्धन तथा विकासको लागि कार्य गर्न जिम्मेवारी दिइएकोछ ।
साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा मार्फत यी विद्याहरुको प्रवर्द्धन गर्न आवश्यक निति, मापदण्ड, योजना बनाई कार्यान्वयन गर्न कार्य निरन्तर छ ।
Share on Twitter