नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ
काठमाडौं:नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् । धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि उनका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।
चिकित्सको लापरवाहीले शिशुको मुत्यु भएको उनीहरुको आरोप छ । उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो ।
Share on Twitter