चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि आवेदन आह्वान
काठमाडौं:चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन आह्वान गरिएको छ । आयोका ३ निर्देशनालय र एक बोर्डको निर्देशकको पद रिक्तभएसंगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको छ । समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिले आवेदनका आधारमा उपयुक्त उम्मेदवारलाई विभिन्न १० वटा बुँदामा आवश्यक कागजपत्र ७ दिनभित्र दरखास्त हाल्न भनेको हो।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।

Share on Twitter