प्रहरी अस्पतालमा २० जना नर्सका लागि रोजगारीको अवसर
काठमाडौं:नेपाल प्रहरी अस्पतालले करार सेवामा कर्मचारी माग गरेको छ । आज एक सूचना निकालेर ६ महिनाका लागि करार सेवामा नर्स माग गरेको छ ।
बीस जना नर्सलाई करारमा नियुक्त गर्न लागेको जनाइएको छ । अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक उपलब्ध गराउने गरी करारमा नियुक्त गर्न लागिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
Share on Twitter