सेती प्रादेशिक अस्पतालमा सिकलसेल एनिमियाको जाँच निःशुल्क
काठमाडौं:सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको अस्पतालले सिकलसेल एनिमिया निदानको लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) सेवा निःशुल्क गरेको जनाएको छ ।
थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाका बिरामीले परीक्षण र उपचार सेती प्रादेशिक अस्पतालमा गराउँदै आएका छन् ।
अस्पतालले सिकलसेल जाँच गरेबापत यस अघिसम्म केही शुल्क लिँदै आएको थियो । यो सेवा सामाजिक सेवा एकाइ (कोठा नम्बर २४) बाट उपलब्ध हुने अस्पतालले जनाएको छ
Share on Twitter