तलब नपाएपछि महेन्द्रनारायण निधि अस्पतालका कर्मचारी आन्दालनमा
काठमाडौं: बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालका कर्मचारीहरु आन्दालनमा उत्रिएका छन् । काम गरेको तलब नपाएको भन्दै आन्दोलन सुरु गरेको उनीहरुले बताएका छन् ।
आज महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य र सम्पूर्ण महेन्द्रनारायण निधि सहकारीका शेयर धनीहरुलाई पारिश्रमिक एकमुष्ट पाउनुपर्ने माग गर्दै पत्र पठाएका छन् । साथै उनीहरुले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
तीनदेखि १० महिनासम्मको तलब नपाएपछि कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् । साथै उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषण गरेका छन् । मंसिर ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नाराबाजी गर्ने र ६ गते अस्पताल सञ्चालकको घर घेराउ गर्ने उनीहरुको कार्यक्रम छ ।
Share on Twitter