गर्भवती महिलालाई एक्सरे तथा सिटीक्यान गर्दा के हुन्छ ?
रेडियोलोजीमा अल्ट्रासाउण्ड हानिरहित रहेको प्रमुख कल्सल्टेन्ट, रेडियोलोजिस्ट डा.सरोज शर्मा बताउनुहुन्छ। हेल्थपाटीसँगको कुराकानीमा डा.शर्माले अल्ट्रासाउण्ड जतिपटक गरेपनि कुनै असर नगर्ने जानकारी दिनुभयो ।
गर्भवती महिलालाई एक्सरे तथा सिटीक्यान गर्दा त्यसले बच्चा तथा गर्भवती स्वंयलाई समेत असर हुने भएकाले सकेसम्म नगर्न भन्ने गरिएको उहाँको भनाइ छ ।
गर्भवती अवस्थामा एक्सरे गराउँदा बच्चाको इन्द्रीयहरूमा असर गर्छ भनेर सिटी, एक्सरे नगराउने र अल्ट्रासाउण्ड मात्रै गराइने गरिएको डा.शर्माले बताउनुभयो ।
डा.शर्माका अनुसार आजाव भित्र पठाएर गरिने भएकाले अल्ट्रासाउण्डले कुनै असर गर्दैन। सामान्य मान्छेलाई पनि धेरै एक्सरे गर्नु ठिक होइन भन्छन् नि ? भन्ने प्रश्नमा डा.शर्मा भन्नुहुन्छ–एक्सरे र सिटी जसलाई हामी न्यूक्लियर मेडिसिन भन्छौँ । त्यसमा मेडिकल फिल्डमा हामीले जति रे प्रयोग गर्छौँ । त्यो भन्दा धेरै हुन गयो भने छालाहरु चिलाउने हुन्छ । आँखामा समस्या हुने तथा प्रजनन् क्षमतामा ह्रास आउने पनि हुनसक्छ।
सिटीक्यान र एमआरआइमा के फरक छ त ?
डा.शर्मा सुनाउनुहुन्छ: सिटीस्क्यानबाट एक्स रे उत्पादन हुन्छ । सिटीस्क्यान गर्दा एक्सरेकै प्रयोग हुन्छ । एमआरआइ गर्दा हुँदैन । सिटीस्क्यानहरू मुख्य गरी हड्डीका लागि गरिन्छ । सिटीस्क्यान हामीले थोरै समयमा गर्न सक्छौँ । टाउकाको चोट आयो भने, भाँच्चिएको फुटेको छ छैन भनेर तुरुन्त गर्न सिटीक्यान हो ।
सिटीस्क्यानबाट कति कुरा पत्ता लगाउन नसेको खण्डमा मात्रै एमआरआइ गर्न सिफारिस गरिन्छ ।
विशेष गरी मांसपेशी, लिगामेन्ट च्यात्तिएको, नसाको समस्या, चोटहरु पत्ता लगाउन, ब्रेन ट्युमरलगायत हेर्न एमआरआइ गरिन्छ ।
गर्भवतीलाई यदि एक्सरे, एमआर आरआइको प्रयोग गर्नैपर्ने अवस्था आयो भने सुरक्षाका उपाय गरिने उहाँले जानकारी दिनुभयो ।
Share on Twitter