मंसिर २८ गतेसम्म माग पूरा नभए आन्दोलन शुरु हुन्छ: डा केसी
काठमाडौं: चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले यही मंसिर २८ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारेका डा केसीले पुनस् सरकारलाई आफ्ना मागका विषयमा सम्झाएका हुन्।
डा केसीले मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका शसक्त आन्दोलन शुरु गर्ने जानकारी दिएका छन्। डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसमिका विषयमा जानकारी दिएका हुन्।
डा केसीले विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्ररअस्पतालहरूमा निस्शुल्क औषधी : उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त संचालनमा ल्याउने, डडेलधुरा, उदयपुर, ईलाम लगायत ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण शुरू गर्न लगायतका माग राखेका छन्।
यसका साथै विश्वविद्यालय तथा प्रतिष्ठान का पदाधिकारी माप दण्ड सम्वन्धी उच्च शिक्षा ऐन पारित गर्न, एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन पारित गर्न, चिकित्सा शिक्षा लाई गैर नाफामूलक वनाउने प्रकृया अगाडि बढाउन डा केसीले मंसिर २८ गतेसम्मको समयसिमा दिएका थिए।
Share on Twitter