देवचुलीमा जीप दुर्घटना हुँदा ७ जनाको मुत्यु
काठमाडौं:नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका– ९ मा भएको जीप दुर्घटनामा परी सात जनाको मुत्यु भएको छ ।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका– ९ गोरेघुम्तीमा दुर्घटना भएको थियो । ६ जनाकोे घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मुत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका– २ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु हुनेमा जीप चालक बौदीकाली– ६ माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका– ४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् ।
मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन ।आज बिहान जिल्लाको पहाडी क्षेत्र बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको यात्रु बाहक जिप अनियन्त्रीत भएर दुर्घटनामा परेको थियो ।
Share on Twitter