भक्तपुर मा चितुवा फेला
काठमाडौं : भक्तपुरमा चितुवा फेला परेको छ । भक्तपुरको मध्यपुरठिमी–३ कौशलटारमा एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको बसेको अवस्थामा फेला परेको हो ।
चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको छ । टोलीमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्ट पनि छन् ।
बेहोस् भएपछि मात्र नियन्त्रणमा लिन सकिने वन अधिकृत पराजुलीले बतमएका छन् । उनका अनुसार चितुवा बयस्क छ ।
चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो । त्यसपछि पराजुलीको नेतृत्वमा टोली परिचालित भएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चितुवाको आक्रमणबाट दुई जना सामान्य घाइते पनि भएका छन् ।
Share on Twitter