भूकम्पले पु्रीएका पशु चौपाया निकाल्न अझै बाँकी
काठमाडौँ : भूकम्प प्रभावित क्षेत्रमा पुरिएका पशु चौपाया निकाल्ने काम बाँकी रहेको बताइएको छ । सरकारले राहात सामाग्रीको व्यवस्थापन गरेपनि पुरिएका पशु चौपाया निकाल्ने काम गर्न बाँकी रहेको पाइएको छ । बुधवार बिहान समितिका ९ सदस्यीय टोली जाजरकोट र रुकुममा भूकम्पले पुर्याएको क्षति, सरकारले राहत र उद्धारका लागि गरेको कामको अनुगमनका लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।
त्यस क्रममा रामहरि खतिवडाले अनुगमनका क्रममा प्रभावित क्षेत्रमा राहत सामग्री प्रशस्त पुगेको र सरकारले एकद्धार नीतिबाट वितरण गरिरहेको बताए । जाजरकोटमा १७ हजार २ सय ब्याङ्केट र २२ हजार १ सय ३१ पाल बाँडेको बाँडिएको र पालहरू सबैलाई पुगेको देखिएको बताए ।
घरबास गुमाएका नागरिकले यो पुगेन, त्यो पुगेन भनेर सरकारको आलोचना हुनु स्वाभाविकै भए पनि राहत सामग्रीको अभाव नदेखिएको बताए । गत कार्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई भूकम्प जाँदा १५३ जनाले ज्यान गुमाएका थिए भने ३ सय जनाभन्दा बढी घाइते भएका थिए ।
गोठहरू भत्किएर गाई भैँसी, भेडा बाख्रा पुरिएको छिटो निकाल्नुपर्ने आवश्यकता ददेखिएको छ । यो बेला तीनै तहका सरकार मिलेर काम गर्न आवश्यकता भएको खतिवडाले बताए । यो बेला गरेको कामलाई कसैले राजनीतिक रङ नदिई जाती र पातीभन्दा माथि उठेर सहयोग गर्न सबैलाई हामीले अपिल गरेका छौँ उनले भने ।
Share on Twitter