निर्वाचन आयोगद्धारा राष्ट्रिय सभाको चुनाब गराउने तयारी
काठमाडौं : राष्ट्रिय सभाको चुनाब गराउने निर्वाचन आयोगको तयारी छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै चुनाव गराउने निर्वाचन आयोगले तयारी गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले आगामी माघ १०, ११ वा १२ गते निर्वाचन गर्न परामर्श दिएको छ । तर सरकारले निर्णय गरिसकेको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यका अनुसार निर्वाचन आयोगसँग सरकारको राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने समयसीमाका विषयमा छलफल भएको छ ।
‘पदावधि सकिनुभन्दा एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । यसअनुसार आयोगसँग एक चरणमा छलफल भएको छ’ उनले भने ।
Share on Twitter