पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले जनयुद्धलाई पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कामको संज्ञा दिएका छन् । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ’द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण कार्यक्रम उनले जनयुद्ध दिवसबारे टीकाटिप्पणी भइहरेको भन्दै त्यसलाई कसैले दबाउन नसक्ने बताए ।
“जनयुद्ध दिवसको निकै ठूलो टीकाटिप्पणी हुने गर्छ । मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्मपछिको ठूलो कर्म नेपाली जनताले अघि ल्याएको भनेको यही नै हो,” उनले भने, “त्यसको अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ ।”
उनले प्रधानमन्त्री भएपछि आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेकोमा गर्व लागेको पनि बताए ।
“मैले प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएँ,” उनले भने, “मानिसहरूलाई प्रचण्डले के गर्यो भन्ने लाग्छ । तर, नेपाली इतिहासको ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा माइलस्टोन ९कोसेढुंगा०को भूमिका खेल्यो ।
Share on Twitter