रेशम चौधरी विरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित
काठमाडौं : रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ ।निवेदन सुनुवाइका लागि आज (विहीबार) पालो तोकिएमा सर्वोच्च अदालतको प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिले ३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा माफी मिनाहा दिएका थिए ।
त्यो निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । आजका लागि तोकिएको निवेदनको सुनुवाई स्थगित भएको हो ।
Share on Twitter