भुकम्प प्रभावित क्षेत्रमा पानि देखि नुन सम्म अभाव
काठमाण्डौ : जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।
शुक्रबार मध्यराति ११ः४७ मा गएको भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाले सबैभन्दा बढी मानवीय क्षति व्यहोर्नुपर्यो । तत्काललाई पीडितहरुका लागि अझै पनि टेन्ट पर्याप्त नभएको बताइएको छ । टेन्टको व्यवस्थापन सरकार अझै गर्न नसकेको पिडितको गुनासो छ । ।
घरहरुका संरचना धुरीदेखि जगसम्म भत्किएका छन् । भाडाकुँडाको समेत अभावमा पिडितहरुले दिन काटि रहेका छन् । राहात वितरणको कार्य भइरहेको भए पनि कति पय पिडितहरुले नपाएको बताइएको छ । भने कतिले राहातमा राजनीतिकरण भएको समेत बताउछन् ।
नगरपालिकाका मेय् डम्बरबहादुर राउतका अनुसार दाल, चालम, नुन, तेल को आवश्यकता खट्की राखेको महसुस भइरहेको छ । उनले भने कठिन भौगोलिक अवस्था र भूकम्पपछि पहिरो गएर सडक अबरुद्ध हुँदा समयमा अस्पताल पुर्याउन कतिपय अवस्थामा समस्या भएको छ ।
२८ हजार ९२२ जनसंख्या भएको नलगाड नगरपालिकाका ६८ जना घाइते अझै उपचाररत् छन् । नगरपालिकाका अधिकांश घरहरु ढुंगामाटोले बनेकाले भूकम्पको झट्का थेग्न नसक्ने अवस्थामा छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका ९१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरकी प्रमुख मोनिका झाले जानकारी दिइन् । सबैभन्दा शक्तिशाली परकम्प भने गत २० गतेको ५।८ म्याग्निच्युडको थियो । उक्त परकम्पको केन्द्र पनि बारेकोट गाउँपालिका-१ रामीडाँडा नै थियो ।
जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हाल राहत वितरण र पुनर्स्थापनाको काम जारी छ ।
खानी तथा भूगर्भ विभाग र राष्ट्रिय भूकम्प मापन केन्द्रको टोली भूकम्पको अध्ययन गर्न हाल जाजरकोट जिल्लामा छ ।
Share on Twitter