राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा भट्ट
काठमाडौं:टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा राजनराज भट्टले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रयोगशालाकी निर्देशक रहेकी रुना झाको जिम्मेवारी हेरफेर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै कार्यरत ११औं तहका डा भट्टलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
डा झा पनि ११ औं तहकी अधिकृत हुन । उनलाई प्रयोगशालामा नै राखेर निर्देशकको पद हेरफेर गरिएको हो।
Share on Twitter