युनिभर्सल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति
आन्दोलन फिर्ता
काठमाडौं:रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ ।
विभिन्न माग राख्दै विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका विद्यार्थी र कलेज प्रशासनबिच ६ बुँदे सहमति भएको हो । सहमतिपछि बन्द रहेका सबै सेवा सुचारु भएको जनाइएको छ ।
ड्रेस कोडको नाममा विद्यार्थीहरुलाई अनावश्यक मानसिक यातना दिइएको भन्दै आन्दोलन सुरु भएको हो । प्रिन्सिपल प्राडा लक्ष्मी पाठकलाई पदमुक्त गर्नेसहित ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिइएको जनाइएको छ ।

Share on Twitter