भरतपुर अस्पतालको मेसुमा डा श्रीराम तिवारी
काठमाडौं:भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा श्रीराम तिवारीले पाएका छन्।
वीर अस्पतालमा कार्यरत डा तिवारी ११ औं तहका चिकित्सक हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरिय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिएका हुन्।
यसअघि भरतपुर अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १०औं तहका चिकित्सक हुन् ।
Share on Twitter