सुईबाट औषधि दिएको केही बेरमै पाटन अस्पतालमा दुई बिरामीको मृत्यु
काठमाडौं:पाटन अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत बिरामीको मुत्युका विषयमा अनुसन्धान हुने भएको छ । शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए ।
त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो ।
बिरामीको मुत्युभएपछि मुत्तकका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि दिएकाले मुत्यु भएको आरोप लगाएका छन् । यता अस्पतालका निर्देशक डा.रवि शाक्यले भने औषधिकै कारणले बिरामीको मृत्यु नभएकोमा विश्वस्त रहेको बताए । उनले बिरामीको मुत्युको कारणबारे अनुसन्धान भइरहेको बताए ।
मृत्युपछि आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाउदै आक्रोशित भएका थिए । सो क्रममा उनीहरुले डिउटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुर्व्यहार गरेको बताइएको छ । हातपात र दुर्व्यहारको विरोधमा पाटन अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
अस्पतालको जेष्ठ नागरिक वार्डमा भर्ना भएका उनीहरुमाथि ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो ।
अस्पतालका मेडिसिन विभागका प्रमुख प्राडा युवराज शर्माका अनुसार दुबै बिरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो ।मृत्यु भएका नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पतालको जेष्ट नागरिक वार्डमा भर्ना भएका थिए ।
Share on Twitter