शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई नेविसंघको सहयोग
काठमाडौं: शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहयोग गरेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको उपस्थितिमा घाइते र कुरुवाका लागि कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराइएको हो ।
यस्तै नेविसंघले शिक्षण अस्पताल महाराजगन्जमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेका छ । यस्तै भुकम्प प्रभावित क्षेत्रमा नेविसंघका केन्द्रीय सदस्य डा नरेश भट्ट नेतृत्वको स्वास्थ्कर्मीको टोली पनि परिचालन गरेको छ ।
उक्त टोलिमा डाक्टरहरु सुलभ आचार्य, अमृत बस्नेत, सागर काफ्ले, ज्योति शाह रहेका छन् । यस्तै नेविसंघले आर्थीक सहयोग पनि गरेको छ भूकम्पमा पीडितलाई प्रधानमन्त्री राहत कोषमार्फत् नेविसंघ केन्द्रीय समितिबाटमात्रै एकमुष्ट ७ लाख रुपैयाँ सहयोग गरेको छ ।
Share on Twitter