कर्णाली प्रदेशमा आज शोक विदा
काठमाण्डौ : कर्णाली प्रदेश सरकारले प्रदेशमा आज शोक विदा दिइएको छ ।
कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज शोक विदा दिइएको हो । कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले शनिबार यस्तो निर्णय गरेको हो ।
भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ । यसमा परी २५० भन्दा धेरै घाइते भएका छन् । जाजरकोट, रुकुम पश्चिम लगायत कर्णालीका विभिन्न जिल्लाका गरी सयौँ परिवार घरबार बिहान भएका छन् ।
Share on Twitter