रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका ५२ जनाकै सनाखत (नामावलीसहित)
काठमाडौं:शुक्रबार रातिको भूकम्पबाट रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । मुत्यु भएका सबैजनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।सानीभेरी गाउँपालिकाका ४ महिला र ६ पुरुषको मृत्यु भएको जनाइएको छ ।
यस्तै आठबीसकोट नगरपालिकामा २३ महिला र १९ पुरुषको मृत्यु भएको छ । घाइते भएका एक सय ७४ जनाको अस्पतालबाट घर फर्केका छन् ।
भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाएको थियो । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ ।
मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले अब भोलिदेखि राहत सामग्री वितरण गरिने आठबीसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए ।


Share on Twitter