भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि पशु चिकित्सकसहितको टोली
काठमाडौँ:सरकारले भूकम्पबाट प्रभावित पशुपक्षीको उपचारका लागि पशु चिकित्सकसहितको टोली परिचालन गरेको छ ।
सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो ।
पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको मन्त्रालयका सचिव डा रेवतीरवण पौडेलले बताए ।उक्त टोली प्रभावित क्षेत्रका पशुपक्षीको उपचारमा खटिने छ ।
स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।
Share on Twitter