भूकम्प पीडितहरूका नाममा आर्थिक सहयोग गर्दा ध्यान दिन प्रहरीकाे आग्रह
काठमाडौं:नेपाल प्रहरीले भूकम्प प्रभावित निश्चित गरेर मात्र सहयोग गर्न गर्न आग्रह गरेको छ । आज एक सूचना निकालेर भूकम्प प्रभावितका नाममा ठगी हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो ।
भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा सङ्घसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।



Share on Twitter