भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली प्रस्थान
काठमाडौं :भुकम्प प्रभावित जाजरकोट र रुकुमका लागि काठमाडौंबाट स्वास्थ्यकर्मी प्रस्थान गरेका छन् । सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र प्रस्तान गरेको हो ।
हाडजोर्नी, एमडिजिपी, पारामेडिक्स, नर्स लगायतको स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
नेपाली सेनाबा १६ जना, वीर अस्पतालबाट ६, नेपाल प्रहरीबाट ११ जना र सशस्त्रबाट ८ जनाको स्वास्थ्यकर्मीको टोली आवश्यक मेडिकल सामग्री लिएर हेलिकोप्टरमार्फत चौरजहारी गएको हो।
Share on Twitter