जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प
काठमाडौं : काठमाडौंलगायत देशका विभिन्न ठाँउमा शुक्रबार राती भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
भुकम्पबाट भएको क्षृतीबारे जानकारी प्राप्त नभएको बताइएको छ ।
Share on Twitter