सामुहिक बलात्कारमा संलग्न कराँतेका दुई प्रशिक्षक पक्राउ
काठमाडौं: सामुहिक बलात्कारमा कराँतेका दुई प्रशिक्षकलाई दोषी ठहर गरेको छ । जिल्ला अदालत मोरङले प्रशिक्षक सुरज भनिने अमर सुवेदी र विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। उनीहरुको सजाय निर्धारण हुने भने बाँकी नै छ। कात्तिक २२ गतेलाई सजाय निर्धारणका लागि तोकिएको छ।
२०७९ जेठमा सुनसरीको इटहरी घर भइ विराट हेल्थ कलेजमा अध्ययन गर्ने छात्रालाई उनीहरुले एक होटलमा लगेर सामुहिक बलात्कार गरेका थिए। विराटनगरको एक होटलमा सामुहिक बलात्कार गरेको भन्दै पीडित छात्राले उजुरी दिएपछि उनीहरु २०७९ साउन ८ गते पक्राउ परेका थिए।
सामूहिक बलात्कार प्रकरणमा पक्राउ परेका उनीहरु दुबै जना पुर्पक्षका लागि कारागार चलान भएका थिए। सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का स्थायी प्रशिक्षक समेत हुन्।
Share on Twitter