डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित
काठमाडौं:विश्व स्वास्थ्य संगठन डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित भएकी छिन।
बुधबार डब्ल्यूएचओको दक्षिण एसिया क्षेत्रीय समितिको ७६औं सम्मेलनमा भएको निर्वाचनमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी हुन।
उनले नेपालका शम्भुप्रसाद आचार्यलाई ८ मतले पराजित गरेकी हुन् । १० मत खसेकोमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको छोरीसमेत रहेकी वाजेदले ८ मत प्राप्त गरेकी छन् ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ वटा देश रहेका छन्। जसमा नेपाल, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर लिस्टे छन्।
निर्वाचित वाजेदको नाम डब्ल्यूएचओको परिषद बैठकमा प्रस्तुत गरिने छ। जेनेभामा सन् २०२४ को जनवरी २२ देखि २७ सम्म बोर्डको बैठक बस्नेछ। उहाँले २०२४ को फेब्रुअरी १ देखि कार्यभार सम्हाल्नुहुने डब्ल्यूएचओले जनाएको छ।
Share on Twitter