डा मेघनाथ धिमाल त्रिभुवन विश्वविद्यालय अनुसन्धान समन्वय तथा विकास परिषदको सदस्यमा मनोनित
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल त्रिभुवन विश्वविद्यालय अनुसन्धान समन्वय तथा विकास परिषदको सदस्यमा मनोनित भएका छन् ।
त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको रिफारिसमा उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले गत २६ असोजमा उनलाई सो पदमा मनोनित गरेका हुन् ।
शिक्षाध्यक्ष अध्यक्ष हुने यो परिषद्मा त्रिविले आफ्नो संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५०को परिच्छेद ८ को दफा ३७ को उपदफा ९१० को खण्ड ९छ० र उपदफा ९२० र ९३० बमोजिम डा धिमाललाई सदस्यमा मनोनित गरिएको जनाएको छ ।
सो उपदफाको खण्ड छ मा विश्वविद्यालयबाहिरका अनुन्धानसम्वन्धी निकायका प्रमुखहरुमध्येबाट एक जना सदस्य मनोनित हुने व्यवस्था रहेको छ । सदस्य पदको पदावधी तीन वर्षको रहेको छ ।
Share on Twitter