रक्तदान गर्न रेडक्रस सोसाइटी चितवनकाे अपिल
चितवन:नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ। जिल्लामा रगतको अभाव देखिएपछि सूचना नै जारी गरेर रक्तदान गर्न रेडक्रसले अपिल गरेको हो ।
चाडपर्वसँगै रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव देखिएको बताइएको छ । सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेका हुन्।
’मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछौँ।’सूचनामा भनिएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रक्तदाताको संख्या घट्दा रगतको अभाव भएको बताए । भरतपुरमा मात्रै दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको भन्दै मागअनुसारको रगत आपूर्ति गर्न कठिन भएकोे पौडेलले बताए।
Share on Twitter