नरदेबी आयुर्वेद चिकित्सालयको निमित्त निर्देशकमा डा.श्यामबाबु यादव नियुक्त
काठमाडौं: नरदेवी आयुर्वेद चिकित्सालयको निमित्त निर्देशकको जिम्मेवारी वरिष्ठ आयुर्वेद चिकित्सक डा.श्यामबाबु यादवले पाएका छन् ।
किर्तिपुरस्थित आयुर्वेद तालिम एवं अनुसन्धान केन्द्रको निर्देशक रहेका यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नरदेवीको जिम्मेवारी दिएका हुन् ।
डा.यादव आयुर्वेद चिकित्सकहरुको छाता संगठन नेपाल आयुर्वेद चिकित्सक संघको केन्द्रीय अध्यक्ष समेत हुन ।
Share on Twitter