कस्तो रहला दसैँको दिनको मौसम ?
काठमाडौं:बडादशैँको मुख्य दिन आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ । धेरै ठाँउको मौसम सफा नै रहे पनि पहाडी क्षेत्रको मौसम भने आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । विभागले जारी गरेको मौसम बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख छ ।
Share on Twitter