गंगाधर र रेवतीलाई बस्याल कुलको सम्मान
कावासोती:नवलपरासी पूर्व कावासोती ४ का गंगाधर बस्यालको परिवारलाई सम्मान गरिएको छ । धनञ्जय गोत्रीय बस्यालहरूको भेलाले गंगाधर बस्याल र उनकी श्रीमती रेवती बस्याल सहित उनका परिवारलाई सम्मान गरेका हुन् ।
नवरात्रको अष्टमीमा परेको बस्यालबन्धुको कुल पूजा तथा दाजुभाइ मिलन कार्यक्रममा बस्याल परिवारलाई सम्मान गरिएको हो । कुल मन्दिर निर्माण गर्न जग्गा उपलब्ध गराएका गंगाधरलाई परिवार सहित सम्मान गरिएको कुल पूजा संयोजक खेमानन्द बस्यालले जानकारी दिए ।
आजको भेलामा २२ घरका करिब ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो । आजको कार्यक्रममा गंगाधर सहित उनकी श्रीमती रेवती बस्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने परिवारका सदस्यलाई अविरद्रारा सम्मान गरिएको थियो ।
निरन्तर कुल पूजा गर्दै आएका गंगाधरले आर्सीवाद समेत दिएका थिए । कावासोती स्थित बस्याल कुल मन्दिर एक वर्ष अघि निर्माण सम्पन्न भएको हो ।
Share on Twitter