पाल्पामा स्कर्पियो दुर्घटना हुँदा ६ जनाको मुत्यु
काठमाडौं:पाल्पामा स्कर्पियो दुर्घटना हुँदा ६ जनाको मुत्यु भएको छ । आइतबार साँझ ४ बजे पाल्पाको तानसेन नगरपालिका–१३ बैकुन्ठेभिरस्थित तानसेन रानिमहल पक्कि सडक खण्डमा रानिमहलबाट तानसेनकालागि छुटेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको कार सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा परी नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ रजहरकी ६० वर्षीया पावर्ती लोहनी, ३५ वर्षीया सविना धिताल, ११ वर्षीया सबिस लोहनी, साढे २ वर्षीय बालक इसब लोहनी, ६५ वर्षीया कृष्णबहादुर लोहनी र लमजुङको बेसीसहर नगरपालिका–३ भकुण्डेका ५५ वर्षीया चुना धितालको घटनास्थलमा नै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी रजहरका ३६ वर्षीय चालक ईश्वर बहादुर लोहनी गम्भीर घाइते भएका छन्। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट कार्यालय प्रमुख प्रउ हेरम्ब शर्माको कमाण्डमा १९ जनाको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली खटिई गई घटनास्थलबाट गम्भीर घाइते भएका चालकको उद्धार गरी युनाईटेड मिसन अस्पतालमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।
Share on Twitter