कान्तिमा बर्न आइसियू बनाउन विभिएस नेपालको सहयोग
काठमाडौँ :कान्ति बाल अस्पतालमा बर्न वार्ड आइसियू स्थापनाकालागि वि.भि.एस नेपालले उपकरण सहयोग गरेको छ ।
विभिएस नेपालले इन्फ्यूजन पम्प ४ थान, आइसियु बेड २ थान, एचडियु बेड २ थान, ह्विलचियर २ थान, सिरिन्ज पम्प ४ थान, ड्रेसिङ सेट, आइसियु भेन्टिलेटर १ थान इलेक्ट्रिक डर्माटम १ थान, पेसेन्ट मोनिटर ४ थान, सेन्ट्रल मोनिटर १ थान ए।सी। १ थान र १ थान कम्प्युटर सहयोग गरेको हो ।
सहयोग गरेको उपकरण आज एक कार्यक्रकाबिच अस्पतालका निर्देशक डा पंकज रायलाई हस्तान्त्रण गरिएको छ । असहाय र आर्थिक अवस्था कमजोर भएका अग्निजन्य हिंसा तथा दुर्घटनामा परेका देशैभरीका बालबालिकाको सहज उपचारमा राहत पुगोस् भन्ने उद्देश्यले उपकरणहरू वितरण गरिएको वि.भि.एस नेपालकी कार्यकारी निर्देशक प्रतीक्षा गिरीले बताइन् ।
यस्तै अस्पतालका निर्देशक डा।रोयले बर्न वार्डका लागि प्राप्त उपकरणहरूको सही सदुपयोग हुने अस्पतालले दिने सेवा प्रवाहमा सकारात्मक भूमिका खेल्ने बताए । वि.भि. एस नेपालले कान्ति बाल अस्पतालको बर्न वार्डमा रहेका विरामीलाई हरेक हप्ता पोषणयुक्त खानेकुरा वितरण गर्दै आएको छ ।
Share on Twitter