कस्तो छ आजको मौसम ?
काठमाडौं:आजपनि देशका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविदहरुले बताएका छन् ।
पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले बताए । यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।
काठमाण्डौ उपत्यकामा पनि आज पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
Share on Twitter