राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनाको कलेजो प्रत्यारोपण
काठमाडौं:शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण भएको छ ।यही असोज २६ गते काठमाडौंँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ ।
ती महिलालाई ३७ वर्षीया बुहारीले कलेजो दान गरेकी थिइन् । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहित प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको बताए।
उनले पछिल्लो प्रत्यारोपणमा सघाउन भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथम आएका थिए। केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए।
Share on Twitter