एपोनको अध्यक्षमा प्रधान र अधिकारीको प्रतिस्पर्धा
काठमाडौं:नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ नेतृत्व कालागि महेशप्रसाद प्रधान र विप्लब अधिकारीबिच प्रतिस्पर्धा भएको छ । सहमतिबाट नेतृत्व चयन गर्न सफल नभएपछि मतदान प्रक्रिया सुरु भएको हो ।
प्रधान यसअघिका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी महासचिव हुन् । ९ सदस्यीय कार्यसमिति सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । त्यसमा दीपककुमार तिब्डेवाल, सुमितचन्द्र श्रेष्ठ, ईश्वरकुमार भण्डारी सजलराज रेग्मी, सुदर्शन खेगुली र गिरीराज पाठक (गणेश) छन् ।
यस्तै पृथ्वीराज भण्डारी (निजु) डा पंकजकुमार तिवारी, शैलेस वैद्य, सन्तोष बराल र प्रभात रुङ्गाटा पनि सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । केहीबेरअघिबाट मतदान सुरु भएको बताइएको छ ।
एपोनमा अध्यक्ष बाहेक अन्य पदमा सदस्यबाट निर्वाचित भएर आउनु पर्ने प्रावधान छ । कुल ७५ जना सदस्य रहेको एपोनमा अहिले मताधिकार भने ६० जनाले मात्रै प्राप्त गरेका छन् । यो निर्वाचनबाट आगामी दुई वर्षकालागि नेतृत्व चयन हुने छ ।

Share on Twitter