को बन्ला एपोनको अध्यक्ष ?
काठमाडौं:नेपाल औषधि उत्पादक संघ (एपोन)ले नयाँ नेतृत्व चयन गर्दै छ । आजको २९ औँ बार्षिक साधारण सभा तथा अधिवेसनले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
काठमाडौँमा हुने आजकै साधारण सभा तथा अधिवेसनले आगामी दुई बर्षका लागि एपोनको नयाँ नेतृत्व चयन गर्दैछ । यसपटक पनि एपोनमा सहमतिमै पदाधिकारी तथा कार्यसमिति सदस्य चयन गर्ने योजनाका साथ सदस्यहरु लागेको बुझिएको छ ।
नेतृत्वमा आकांक्षीहरुले कतैपनि आफ्नो आकांक्षाबारे औपचारीक घोषण गरेका छैनन् । अध्यक्ष प्रज्वलजंग पाण्डेले आगामी नेतृत्वका लागि दावी नगर्ने सार्वजनिक गरिसकेका छन् । पुराना पदाधिकारीहरुले फेरी दोहोरिने ईच्छा जाहेर गरेका छैनन् ।
यो पटक पनि सहमतिमै नेतृत्व चयन गर्न एपोनका सदस्यहरु लागिपरेका छन् । सदस्य संख्या थोरै भएकालेपनि सहमतिबाटै नेतृत्व चयन गर्न गुहकार्य भइरहेको बुझिएको छ । कतिपयले वर्तमान पदाधिकारीमध्ये अध्यक्ष बाहिरिने भएपछि त्यसपछिका पदाधिकारीहरुलाई एक एक तह बढुवा गर्दै लैजाने हो कि भनेर सुझाव समेत दिएका छन् ।
अध्यक्ष बन्न एक कार्यकाल पदाधिकारी रहेको हुनु पर्ने प्रावधान रहेकाले कार्यसमितिका बरिष्ठ उपाध्यक्ष महेश प्रधान, उपाध्यक्ष बराल, महासचिव बिप्लभ अधिकारी र कोषाध्यक्ष प्रभात रुंगाटामध्ये एक जनाले नेतृत्व लिने निश्चित छ ।
यस्तै पदाधिकारीमा आउन पनि एक कार्यकाल कार्यसमिति सदस्य रहेको हुनुपर्ने प्रावधान छ एपोनमा ७५ जना सदस्य रहे पनि नयाँ नेतृत्व चयनका लागि मताधिकार रहेको सदस्यको संख्या भने ६० मात्रै रहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए ।
एपोनले पूर्व अध्यक्ष महेश गोर्खालीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सो समितिको सदस्यहरुमा बरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल र अर्का पूर्व अध्यक्ष शंकर घिमिरे रहेका छन् ।
Share on Twitter