डेङ्गुबाट तनहुँमा ६ वर्षीय बालकको मृत्यु
काठमाडौं:डेङ्गु सङ्क्रमणबाट तनहुँमा एक बालकको मुत्यु भएको छ । तनहुँ को व्यास नगरपालिका–४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ ।
उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । ६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उनको निधनमा दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीले शोक बिदा दिएको छ ।
Share on Twitter