इजरायलबाट फर्किन थप २०० नेपालीले निवेदन दिए
काठमाडौं:इजरायलमा रेका नेपालीहरु स्वदेश फर्किन चाहेका छन् । इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै नेपालीहरु त्रसीत बनेका हुन् । २ सय ५४ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । यस्तै थप २०० जना नेपालीले निवेदन दिएका छन् ।
तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो ।दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।
अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासको भनाइ छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् । घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको छ छ ।
उनीहरूमध्य पनि थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ । सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि खोजी कार्य भइरहेको दूतावासले जनाएको छ ।

Share on Twitter