परराष्ट्रमन्त्री साउद नेपाली विद्यार्थी लिन इजरायल जाने
काठमाडौं:इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन् । नेपाल एयरलाइन्स मार्फत बिहान साढे २ बजे मन्त्री साउद विद्यार्थी लिन जान लागेका छन्।
त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको थियो । त्यस्तै इजरायलमा रहेका कोही नेपाली व्यवसायिक उडानमार्फत आउन खोजेमा उनीहरूको टिकटको खर्च समेत नेपाल सरकारले बेहोर्ने निर्णय भएको जनाइएको छ ।
Share on Twitter