स्वास्थ्य क्षेत्रमा योगदान गर्ने व्यक्ति र संस्था सम्मानित (नामावली सहित)
काठमाडौं:मानसिक स्वास्थ्य दिवस नेपालमापनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । नेपालमा मानसिक स्वास्थ्य दिवससंगै सेतो कोट दिवसपनि मनाइएको छ ।
दिवसका अवसरका स्वास्थ्य क्षेत्रमा योगदान दिएका व्यक्ति र संस्थाहरुलाई सम्मान गरिएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपालको स्वास्थ्य क्षेत्र बिभिन्न तवरले योगदाग गरेका स्वास्थ्य मन्त्रलय अन्तर्गतका अस्पताल तथा स्वास्थ्यकर्मी, सहयोगी संस्था तथा स्थानिय निकाय र नितिगत रुपमा स्वास्थ्य सुधारको काम गरेका प्रदेश सरकारका स्वास्थ्य मन्त्रीहरुलाई सम्मान गरिएको हो ।
सम्मान पाउनेहरुमा कर्णाली प्रादेशिक अस्पतालका निर्देशक, डा डम्बर खड्का, भरतपुर अस्पतालका, डा शुनिल कुमार शाह, ताप्लेजुङ अस्पतालकी बरिष्ठ नर्सिङ अधिकृत, विजया राई, जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक, खिमराज पोखरेल, महाकाली अस्पतालकी नर्स कुमारी भावना शर्मा बोहरा, मध्यपुर अस्पताल थीमीका जनस्वास्थ्य अधिकृत सुनकुमार राउत रहेका छन्।
त्यसैगरी सहयोगी संस्था तथा स्थानिय निकायहरुमा महा गढिमाई नगरपालीका बारा, नाशो गाउपालीका मनाङ, युएसएआइडी नेपाल निक साइमन्स इन्टिच्युट नेपाल, नर्वेजियन एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन र सिएमसी नेपाल रहेका छन्।
त्यसैगरी लामो समय स्वास्थ्य क्षेत्र का मगरेका ब्याक्तित्वहरुमा वरिष्ठ मनोचिकित्सक तथा स्वास्थ्य मन्त्रलयका पहिले डाक्टर सचिव डा निराकारमान श्रेष्ठ, सिनियर कन्सल्टेन्ट अप्थामोलोजिष्ट डा सन्दुक रुऊत, स्वास्थ्य शिक्षाविद् प्राडा रमेशकान्त अधिकारी, जनस्वास्थ्यविद् डा मधु दिक्षित देवकोटा तथा काठमाणडौ विश्वविद्यालयका पूर्व भीसी डा रामाकाण्ठ माकाजु रहेका छन् ।
यस्तै उत्कृष्ट काम गर्ने प्रदेशका मन्त्रीहरुलाई समेत सम्मान गरिएको छ । सम्मान पाउने प्रदेश मन्त्रीहरुमा मधेश प्रदेशका वीरेन्द्र प्रसाद सिंह, वागमतीका उत्तम जोशी, लुम्विनीका राजु खनाल तथा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री शुशिला सिंखडा रहेका छन् ।
Share on Twitter