गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री शुसीला सिमखडा सम्मानित
काठमाडौं:गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिमखडा सम्मानित भएकी छन् । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका हुन् ।
उत्कृष्ट काम गरेकोमा मन्त्री सिमखडालाई सम्मान गरिएको हो । गत वैशाख १५ गते मन्त्रीमा नियुक्त भएकी सिमखडाले विपन्न नागरिककालागि अस्पतालमा निःशुल्क वेडको व्यवस्थापन गरेकी छन् । यस्तै डाउलायसिस सेवालाई छिटो बनाउने अभियान समेत सुरु गरेकी छन् ।
उनले नागरिको सहजताकालागि हरसम्भव प्रयत्न गरेकाले उनलाई सम्मान गरिएको बताइएको छ । सम्मान ग्रहणपछि मातृभुमी सन्देशसंग कुरा गर्दै सम्मानले अझ जिम्मेवारी बढाएको बताइन् ।
प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारकालागि निरन्तर लाग्ने बताइन् । कसैले खोट लाउन नपाउने गरी काम गर्ने प्रयास गरिरहेको उनको भनाइ छ । आफ्नो अभियानमा साथ दिने सबै स्वास्थ्यकर्मी, कर्मचारी र संचार जगतलाई धन्यवाद समेत दिएकी छन् ।
Share on Twitter