दुर्गा प्रसाईंलाई दलियो कालोमोसो
काठमाडौं:मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन् । सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन्।
विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाईंले दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन राखेका थिए। कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन्।
Share on Twitter