ल्याव असिस्टेन्ट र कम्प्युटर अपरेटरलाई कामबाट निकालेपछि चौदण्डीगढी नगरपालिकामा झडप
काठमाडौं:उदयपुरको चौदण्डीगढी नगरपालिकामा झडप भएको छ । आधारभुत नगर अस्पताल बेल्टारमा कार्यरत कर्मचारी हटाएको बिषयलाई लिएर नगरपालिकामा झडप भएको हो ।
नगर अस्पतालमा ज्यालादारीमा कार्यरत ल्याव असिस्टेन्ट हेमा बन्जरा र कम्प्युटर अपरेटर रचना राईलाई असोज १९ गतेदेखि हटाउने नगर प्रमुख स्तरिय निर्णय भएपछि कर्मचारीका आफन्त नगरपालिका पुगेका थिए ।

कर्मचारीका आफन्तले उनिहरुलाई हटाउनुको कारण नगर प्रमुख कालुमान लामासंग बुज्न खोजेका थिए । नगरप्रखुमले नभेटेपछि कर्मचारीका आफन्त आक्रोसीत बनेका थिए ।
आक्रोसीत भिड नियन्त्रण गर्न खोज्दा झडप भएको बताइएको छ । यता कर्मचारीका आफन्चतले भने नगरप्रमुखले पुर्वाग्रही भएर कर्मचारी निकालेको आरोप लगाएका छन् ।
हटाउनुको कारण खोज्दा सुरक्षाकर्मी परिचालन गरेरको उनीहरुको आरोप छ । कम्प्युटर अपरेटर रचना राईका पति बुद्ध सुप्तिहाङ्ग राईका अनुसार आफुले सामाजिक कार्य गर्ने गरेको र यसैक्रममा गत बर्ष बेल्टार बजारस्थित द्वारखोलबाट गिट्टी उत्खन्न गर्न नदिएको प्रतिसोधमा आफ्नो पत्नीलाई अन्यायपुर्ण तरिकाले जागीरबाट हटाएको दावी गरेका छन् ।
कुनै गल्ती नै नगरी उनीहरुलाई पूर्वाग्राहीढंगले जागीरबाट निकालिएको राईले बताएका छन् । रचना २०७८ साल चैत्र २० गतेदेखी आधारभुत नगर अस्पताल बेल्टारमा कार्यरत थिईन् । उनीसहित अर्का ल्याव असिस्टेन्ट हेमा बन्जरालाई असोज १५ गतेबाट नगरपालिकाले जागीरबाट हटाएको थियो ।
उनीहरुले श्रावण महिनादेखीको तलव नपाएको गुनासो गरेका छन् ।आज भएको झपडमा नगर प्रमुख लामाको कोठाको ढोकाको सिसा समेत फुटेको छ ।

त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईको औलामा सिसाले काटेको छ भने बुद्ध सुप्तिहाङ्गको हातमा पनि चोट लागेको छ । प्रहरीले बुद्ध सुप्तिहाङ्गलाई तोडफोड गरेको आरोपमा पक्राउ गर्न खोज्दा सुरक्षाकर्मीसंग उनीहरुको झडप भएको थियो । स्थिती नियन्त्रणमा लिन नगर प्रहरी र स्थानीय जनपद र सशस्त्र प्रहरीले सम्हाल्ने स्थिती नदेखिएपछि बेलका नगरपालिका र सदरमुकाम गाईघाटबाट थप सुरक्षाकर्मी मगाइएको थियो ।
दिउँसो देखीको तनावपुर्ण स्थितीलाई सामान्य बनाउदै अबेर साँझ ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख ओम प्रकाश पुनले उपस्थित भिडलाई आ आफ्नो घर पठाएका थिए ।
यता नगर प्रमुख लामाले ५०–६० जनाको समुह आएर मिटिङ्ग बसिरहेको समयमा एक्कासी आएर कुरा गर्न खोजेको जानकारी पाएको तर उनीहरुले पहिल्यै समय पनि नलिएको तथा आफु नगरकै कृषी परियोजना हेपरको कार्यक्रमको बिषयमा बैठकका ब्यस्त भएकोले आज समय दिन नसक्ने र भोली आउन सुचना पठाएको बताएका छन् । उनले उनीहरु कुन बिषयमा आफुसंग भेट गर्न खोजेको बिषयमा समेत आफु जानकार नरहेको बताएका छन् ।
Share on Twitter